मंसिर २० ,सुर्खेत ।
सुर्खेतको बराहक्षेत्र गाउँपालिका ३ भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका र निर्वाचन सामाग्री स्थानीय युवाले कब्जामा लिएका छन् ।
मतदान केन्द्रका प्रमुखसहित २१ जनाको टोलीलाई नियन्त्रणमा लिएर मतपेटिका कब्जा गरि जलाईदिएको जनाईएको छ । उनीहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री कब्जा गरि जलाईदिएका हुन् ।
मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीय स्थानीय बिकास बिकले जानकारी दिएका छन् ।
मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई स्थानीयवासीले छोडिदिएका बीकले बताए ।
मतदान केन्द्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
त्यसपछि अधिकृतसहितको टोली राति नै भेरी मावि तरङ्गा मतदान केन्द्र छोडेर भागेको बताईएको छ । ३ मतपेटिका जलेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरेको छ । मिर्मिरे अनलाइनबाट