• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यान बागचौरमा शक्तिशाली बम विस्फोट, सुुरक्षाकर्मि व्यापक परिचालन


अस्मिता गिरी
मंसिर २०, सल्यान ।
भोलि हुन लागेको निर्वाचनलाई लक्षित गरी सल्यानमा शक्तिशाली बम विस्फोट भएको छ ।

जिल्लाको बागचौर नगरपालीका केन्द्र अगाडी आज साँझ ७ ः ४५ बजेतिर बम विस्फोट भएको प्रहरीले बताएको छ । बम विस्फोटको आवाज ठुलोे भएकाले शक्तिशाली बम हुन सक्ने बताइएको छ । नगारपालीकाको केन्द्र नजिकै बम विस्फोटको आवाज सुनिए पनि घटना र क्षतिको बारेमा जानकारी नभएको तर सुुरक्षाकर्मि व्यापक परिचालन गरिएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।

बम विस्फोट भएको क्षेत्र आसपास (थारमारे, कोटमौला, खरिबोट) लगाएतका स्थानीयहरु त्रसित भएको उनिहरुले बताएका छन् । विस्फोटको घटना सामाजिक संजालमा पनि भाइरल भइरहेको छ ।

फेसबुकमा देखिएका सामाग्री । 

 

 

 

प्रकाशित मिति : २०७४ मङ्सिर २० गते बुधवार