मंसिर २०, सल्यान ।
सल्यानको बागचौर नगरका प्रमुख लोकमान बुढाथोकीको निवासमा ढुंगामुढा भएको छ । रातको समयमा उनको निवासमा ढुंगामुढा भएको छोरा सुदर्शन बुढाथोकीले बताएका छन ।
रातको संघिय प्रदेश सभाका उम्मेद्वार भिम प्रकाश शर्माको निर्देशनमा आफ्नो निवासमा ढुंगा हानीएको बुढाथोकीले बताए ।
आफुहरूलाई गालिगलौज गर्दै ढुंगा बर्षाएको र केही समय अगाडि नजिकै बम पनि पड्काएको परिवारजनको आरोप छ ।
उता भिम प्रकाश शर्माको परिवारले त्यो कुराको खण्डन गरेको छ । उनिहरूको तर्फबाट हाम्रा कार्यकर्ता आक्रमण भएकोले घटनाले विवादको रूप लिएको हो । सत्ता र शक्तिको प्रयोगमा मेयरले आफुहरूलाई कमजोर बनाउन झुट्टा आरोप लगाएको बताएका छन ।
अघि भर्खरको बम हजुरहरूले नै पड्काएको आरोप छ नि भन्दा शर्माले हो । बम पड्केको थियो तर हामीले कसरी बम पड्काउन सक्छौ । निर्वाचनमा पनि जाने बम पनि पड्काउने यो कसरी सम्भव छ भनी उत्तर दिएका छन ।
माओवादी केन्द्रका नेता शर्मा बाम गठबन्धनमा उम्मेद्वारी नपाएपछि बागी बनेर यतिबेला चुनावी मैदानमा छन भने मेयर बुढाथोकी माओवादीका तर्फबाट स्थानिय तहमा निर्वाचित प्रतिनिधि हुन ।
यो पनि पढ्नुहोस्