• २०७७ माघ ७ गते बुधवार
  • Preeti To Unicode

लगातार बागचौरमा बम विस्फोट, विहानैदेखि कुयापानीको बुथ केन्द्रलाई तारगेट


मंसिर २१, सल्यान ।
सल्यानमा आज हुने चुनावलाई लक्षित गरी हिजो देखि नै बम विस्फोटका घटनाहरु घटीरहेका छन् ।

अहिले सम्म कुनै मानविय क्षति नभएपनि स्थानीय, सुरक्षाकर्मि र कर्मचारी त्रसित भएका छन् । हिजो राति बागचौर नगरप्रमुख लोकमान बुढाथोकी बसेको घर नजिकै बम विस्फोट भएलगतै उनिमाथि आक्रमनको प्रयास पनि भएको उनको पारिवारीक श्रोतले जनाएको छ । त्यस्तै आज विहानै देखि बागचौर नगरपालीका भित्र पर्ने ९ नम्बर वडाको सुर्यदोय प्रावि कुयापानीको बुथ केन्द्र नजिक अज्ञात समुहले बम विस्फोट गराइरहेको छ । बिहान ३ : २० बजेदेखि यो समाचार तयार पार्दा सम्म बम विस्फोट भइरहेको प्रहरीले बताएको छ ।

स्थानीयहरु फोनबाट तथा फेसबुकमा पोष्ट गरेर बम विस्फोटका घटनाहरु सबैलाई जानकारी दिइरहेका छन् । प्रहरीले भने बम विस्फोट गराएर उनिहरुले आफ्नो हर्कत देखाएको तर त्यसले आफुलाई केहि असर नपर्ने बुथ केन्द्रमा खटिएका प्रहरी असई जयराम बुढाथोकीले बताए । बिहान देखि लगातार बम विस्फोट भएपनि आफुहरुले व्यापक सुरक्षाकर्मि परिचालन गरेकाले ढुक्क भएर मतदान गर्ने व्यबस्था भएको उनको दावि छ ।

सर्वसाधारणले फेसबुकमा गरेका पाेष्ट ।

याे पनि पढ्नुहाेस । 

सल्यान बागचौरमा तनावग्रस्त, बम विस्फोट पछि मेयर बसेको घरमा ढुङ्गामुढा

सल्यान बागचौरमा शक्तिशाली बम विस्फोट, सुुरक्षाकर्मि व्यापक परिचालन

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार