• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकाे एक मतदान स्थलमा बम विस्फाेट राेकिएन, बुथ केन्द्रमा संख्या न्युन


मंसिर २१, सल्यान । 
सल्यान बागचाैर नगरपालीका ९ कुयापानीमा रहेकाे सुर्यदाेय प्राविकाे मतदान केन्द्रलार्इ लक्षित गर्दै विहानै देखि बम विस्फाेट भइरहेकाे छ ।
बम विस्फाेट याे समाचार तयार पार्दा सम्म राेकिएकाे छैन् । मतदान बिहान ७ बजेदेखि सुरु भएपनि बुथ केन्द्र नजिकका मतदाता बाहेक अन्य गाउँका मतदाता भाेट हाल्न जान सक्ने अबस्ता नभएकाे त्यहाँ स्थित पत्रकार कर्तिराज वलीले जानकारी दिएका छन्। त्यस्तै साेहि केन्द्रमा पर्ने ठुलाे संख्यामा रहेकाे बस्ती धामीढुङगा गाउँका स्थानीयहरु बमकाे अातङकले त्रसित भएर भाेट हाल्न नगएकाे  स्थानीय दसपक डिसीले जनकारी दिएका छन् ।
स्थानीयहरु फोनबाट तथा फेसबुकमा पोष्ट गरेर बम विस्फोटका घटनाहरु सबैलाई जानकारी दिइरहेका छन् । प्रहरीले भने बम विस्फोट गराएर उनिहरुले आफ्नो हर्कत देखाएको तर त्यसले आफुलाई केहि असर नपर्ने बुथ केन्द्रमा खटिएका प्रहरी प्रमुख जयराम बुढाथोकीले बताए । बिहान देखि लगातार बम विस्फोट भएपनि आफुहरुले व्यापक सुरक्षाकर्मि परिचालन गरेकाले ढुक्क भएर मतदान गर्ने व्यबस्था भएको उनको दावि छ ।
राेल्पा सँग सिमाना जाेडिएकाे याे क्षेत्र नेपाल कम्युनिष्ट पार्टीकाे पकेट क्षेत्र मानीन्छ ।
याे पनि पढ्नुहाेस । 

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार