• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे निर्वाचन अपडेट


प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मतदान अाज विहान ७ बजेदेखि ४५ जिल्लामा सुरु भएको छ । सल्यानमा पनि १११ स्थानका १८० बुथ केन्द्रमा मतदान भइरहेकाे छ । कुनै ठाउँमा छिटफुट घटना घटेपनि शान्तिपूर्न रुपमा मतदान भइरहेकाे मुख्य निर्वाचन कार्यालय सल्यानले जानकारी दिएकाे छ ।

सल्यानका  विभिन्न स्थानकाे निर्वाचन अपडेट अब हामी यहि साइटबाट गर्नेछाैँ । 

  1.  बागचाैर नगरपालीका ५ दारीमबाेट मतदान केन्द्र  : जम्मा मतदाता  संख्या १८५३ अहिले सम्म खसेकाे मत (क) केन्द्रबाट ३५८ र (ख) केन्द्रबाट ३७० जम्मा ७२८ ,  जानकारी संजिव देवकेटा (श्रवण) ।
  2. छत्रेश्वरी गाउँपालीका २ दहखोला आधारभुत विद्यालय मतदान केन्द्र  : जम्मा मतदाता  संख्या १७७७
    अहिले सम्म खसेकाे मत ९००,  जानकारी भरत वस्नेत ।
  3. छ्त्रेस्वरी गाउँपालीका १ भानुभक्त मावि मतदान केन्द्र  : जम्मा मतदाता  संख्या
    अहिले सम्म खसेकाे  जम्मा मत १०३५ , भरत बस्नेत  ।
  4. ढोरचौर गाउँपाली १  बाझकाडाको महेन्द्र आदर्श माबि मतदान केन्द्र  : जम्मा मतदाता  संख्या १२५०
    अहिले सम्म खसेकाे मतदान केन्द्र जम्मा ६६२, जानकारी  सरिता चलाउने  ।
  5. ढोरचौर गाउँपाली ३ हिमालय अाधारभुत विद्यालय मतदान केन्द्र  : जम्मा मतदाता  संख्या १६१८
    अहिले सम्म खसेकाे मत  ७३६, जानकारी रेशम कुमार बुढाथाेकी ।
  6. बागचाैर नगरपालीका ८ काेटमाैलाकाे कालिका मावि मतदान केन्द्रमा जम्मा मतदाता १४२२
    अहिले सम्म खसेकाे जम्मा मत ६००, जानकारी टेकराज शाहि ।
  7. बागचाैर नगरपालीका २ त्रिवेनी अाधारभुत विद्यालय ठाटीचाैर  मतदान केन्द्रमा जम्म मतदाता १९९३ अहिले सम्म खसेकाे मत १०००, जानकारी रेशम डिसी ।
  8. बनगाढ कुपिण्डे नगरपालीका ४ गाविस भवन मतदान केन्द्रमा जम्मा मतदाता १४२९ अहिले सम्म खसेकाे मत ५५८,  जानकारी इन्द्र बहादुर बुढाथाेकी ।
  9. बनगाढ कुपिण्डे नगरपालीका ५ त्रिभुवन जनता मावि च्युरा जम्मा मतदाता १५६५ अहिले सम्म खसेकाे मत ८१६, जानकारी दुर्गा विसी ।

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार