खिमाको बिहेमा दुर्गेस थापा बेहोस, खिमा रुदै । (भिडियो सहित)


मंसिर २१, सल्यान ।

दाङको पश्चिम क्षेत्रमा घर भएकीए संगीत यात्रामा कर्मथलो काठमाडौँ बनाएकी गायिका तथा मोडल खिमा सापकोटाको बिहेमा मोडल दुर्गेश थापा बेहोस भएका छन् । मन पराएकी खिमाले अर्कैसँग बिहे गरेपछि दुर्गेश बेहोस भएका हुन् । तर यो वास्तविक नभएर एउटा म्युजिक भिडियोमा अभिनय हो । गीतको बोल हो “बेहोसीमै छु” ।

गायिका खिमा सापकोटा र कुलेन्द्र विश्वकर्माको आवाजमा उक्त “बेहोसीमै छु” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । खिमाको शब्द, एल्बी सुवासको लयमा रहेको उक्त गीत युटुवमार्फत सार्वजनिक गरिएको हो

म्युजिक भिडियोको अभिनय उनै गायिका खिमा सापकोटा,  दुर्गेश थापा,  करण श्रेष्ठ र हरिभक्त श्रेष्ठले गरेका छन् । सुन्दर खड्काले निर्देशन र अमिल ओलीले सम्पादन गरेको उक्त म्युजिक भिडियोको छायाँकन सागर गौतमले गरेका छन् ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार