मंसिर २१,सल्यान ।
जिल्लाको बागचौर नगरपालिका वडा न १० मा नगरपालिकाका मेयर लोकमान बुढाथोकीलाई माअोवादी कार्यकर्ताले लखेटेका छन ।
वाम गठबन्धनलाई मत नदिएको भन्दै मतदातालाई आक्रमणको प्रयास गरेको अारोप लगाएका उनिहरूले बुढाथोकीलाई हातपात गर्दै लखेटेको स्थानियबासीले जनाएका हुन । स्थानीय मतदाता सेतीराम अधिकारीलाई वाम गठबन्धनलाई किन मत हालिनस भन्दै मतदान केन्द्र नजिकै आक्रमणको प्रयास गरेपछि गाउका मतदाताहरु मिलेर लखेटेको स्थानीय रमेश खड्काले बताएका छन ।
गोप्य मतदान हुँदा हुँदै पनि वाम गठबन्धनलाई किन हालिनस भन्नु कतिको नियमसंगत हो खड्काले भने । उनले भने – गोप्य मत भएकाले कसले कहाँ मत हाल्यो मतदान गर्ने व्यक्ति बाहेक अरुलाई थाहा नहुने कुरा हो तर मेयर जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले वाम गठबन्धनलाई किन भोट हालिनस भन्दै सार्वजनिक स्थानमा आक्रमण गर्नु मेयरको राजनितिक दरिद्रता बाहेक अर्को केही हुन सक्दैन ।
मेयेरले वामगठबन्धनलाई मत नदिएको भन्दै धम्की दिनु र आक्रमणको प्रयास गरिनु राजनीतिक दरिद्रता भएको अर्का मतदाता टिकाराम अधिकारीले बताए ।
उता मेयर बुढाथोकीले अाफुले कोहि मतदातालाइ त्यसो नगरेको प्रष्ट पारेका छन । अाफुले कसैलाइ पनि केहि नभनेको र मतदानका बारेमा कुनै विवाद नभएको प्रष्ट पारेका छन । मेरो अरू केहि हैन पार्टीका वा बामका विरूद्ध जाने अनि पार्टीका कार्यकर्ता हु भन्नेलाइ कार्वाही गरिन्छ भनिएको हो अरू केहि हैन । मलाइ कसैले लखेटेको हैन भनेर स्पष्ट पारेका छन । माअवादीको तर्फबाट चुनाव लडेर मेयर बनेका बुढाथोकी गठबन्धनको अधिकारीक लाइनमा छन भने विरोध गर्ने स्थानियहरू बागिको पक्षमा लागेका छन ।