दुर्गा विसी, लेकाली अनलाइन
मंसिर २१, सल्यान ।
सल्यानमा मतदान गर्न गएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज भएको निर्वाचनमा मतदान चलिरहेको समयमा सल्यानको पश्चिमी क्षेत्रमा बनगाड कुपिण्डे नगरपालीका ७ को कृष्ण मावि संग्रही मतदान केन्द्रबाट सोहि वडाका शान्त बहादुर वस्नेतलाई प्रहरीले खुकुरी सहित फेला पारेको हो । खुकुरी लुकाएर मतदान केन्द्र भित्र प्रवेश गर्दै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी बताएको छ ।
वस्नेतलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सल्लीवजारमा लगिएको प्रहरीले बताएको छ ।