• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा अझै आधा मतपेटीका पुगेनन् सदरमुकाम । ६१ %  खस्याे भाेट, ३९ % दिएनन् मतदान


मंसिर २२, सल्यान ।

सल्यानमा अझै केहि मतपेटीका सदरमुकाम खलंगा आइपुगेका छैनन् ।

१८० मतदान केन्द्र रहेको सल्यानमा याे समाचार तयार पार्दा सम्म १२१ केन्द्रको मात्रै मतपेटीका सदरमुकाम अइपुगेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ । बाँकी ५९ केन्द्रको मतपेटीका आज बेलुका ५ बजे सम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृत मदन बहानदुर धामीले बताएका छन् ।

कुल मतदाता १ लाख ३४ हजार २ सय १३ रहेको सल्यानमा अहिलेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने ६१ प्रतिशत मतदान भएको खबर रेकर्डमा छ । जसमा १ नं‌. प्रदेश तर्फ पुरुष १७ हजार ६ सय १० र महिला २२ हजार ५ सय ११ गरि जम्मा ४० हजार १ सय ६१ मतदान भएको छ भने २ नं. प्रदेशमा पुरुष १७ हजार २२ सय ३३ र महिला २२ हजार ७ सय २७ गरि जम्मा ३९ हजार ९ सय ६० मतदान भएको छ । यध्यपी मतपेटीका सदरमुकाम आइपुगेपछि यो संख्या केहि मात्रमा बढ्न सक्ने तर याे ६१ प्रतिशत भन्दा माथि पुग्न नसक्ने र योे नै अन्तिम नभएको मुख्य निर्वाचन अधिकृत धामीले बताएका छन्  ।

अहिले सम्मको यहि आधारलाई मान्ने हो भने हिजो भएको निर्वाचनमा सल्यानमा ६१ प्रतिशतले  मतदान दिएका छन् । तर  ३९ प्रतिशतले भोट खसालेका छैनन् । अघिल्ला निर्वाचन लाई हेर्ने हो भने यो निर्वाचनमा सल्यानमा कम मत खसेको । काम तथा चाडपर्व सकेर प्रदेशिएकाहरु, ठाउँठाउँमा विष्फोटका घटनाहरु र अर्का तर्फ नेपाल कम्युनिष्ट पार्टी चुवान बाहिर भएकाले सहभागीतामा कमी भएको बुझिन्छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार