• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

राेल्पाकाे पहिलो चरणको मत परिणाममा संयुक्त बाम गठबन्धन अगाडि


मनिषा राई / मंसिर २२ रोल्पा । 
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणनाको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा तर्फ बामगठबन्धनका माओवादी केन्द्रका उमेदवार बर्षमन पुनले ६ हजार ६ सय ५२ मत लिएका छन भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । त्यसै गरि प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसिले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन ।

प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ४ हजार ६ सय ६५ र नेपाली कांग्रेसका खगेन्द्र प्रकास हमालले १ हजार ३ सय ४९ मत ल्याएका छन । मत गणना जारी रहेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार