• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

म्यादी प्रहरी बोकेको जिप दुर्घटण । ३ काे मृत्यु, १ जना गम्भीर घाइते


मंसिर २२, मकवानपुर ।
मकवानपुरमा म्यादी प्रहरी बोकेको जिप दुर्घटण हुदाँ ३ जनाको मृत्यु भएको छ ।

मकवानपुरको पालुङबाट हेटौँडा छुटेको ना ३ ख ५९१८ नम्बरको जिप अाज भीमफेदी गाउँपालिका वडा नं ९ चुनियाँ डाँडामा दुर्घटण भएको हो । दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक थाहा नगरपालिका वडा नं १ का ५० वर्षीया शेरबहादुर गोपाली , हेटौँडा–४ चिल्ड्रेन पार्ककी म्यादी प्रहरी लक्ष्मी (थर नखुलेको) र भीमफेदी ९ की म्यादी प्रहरी सबिना बर्तौला रहेका छन् । घाइते हुनेमा म्यादी प्रहरी मीना (थर नखुलेको) गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

जिप सडकबाट २०० मीटर तल खसेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार