• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

म्याग्दीको प्रदेशसभा ‘क’ मा माओवादीका विनोद केसी विजयी


मंसिर २२,पर्वत ।

म्याग्दीको प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्।

वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले लोकतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी गौचनले १२ हजार १७५ मत प्राप्त गरेका छन्। उमेरले ७७ वर्ष पुगेका गौचन पञ्चायतकालमा दुई पटक राज्यमन्त्री र जिल्ला पञ्चायत सभापतिसमेत बनेका थिए। म्याग्दीको प्रदेशसभा क्षेत्र ‘ख’मा एमालेकी नरदेवी पुन विजयी बनेकी थिइन्।

प्रतिनिधिसभाको मतगणना पनि करिब अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभामा पनि वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार