मंसिर २२, हुम्ला ।
हुम्लामा स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा बिजयी भएका छन् ।
प्रतिनिधि सभामा माओवादी पार्टीबाट बागी उठेर स्वतन्त्र उम्मेद्वार दिएका लामा ८ हजार ४ सय ९१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मंगल बहादुर शाहीलाई ४७ मतले हराउदै लामा विजय भएका हुन । काँग्रेसका शाहीले भने ८ हजार ४ सय ४४ मत ल्याएका छन् । बाम गठबन्धनबाट छुट्टीएर स्वतन्त्र उम्मेद्वारी दिएका उनले बाम गठबन्धनलार्इ तिनगुणा पछि पारेका छन् ।
अन्य उमेदारको मतपरिणाम यस्तो छ ।
बाम गठबन्धन : छिमीदोर्जे लामा : २८५६
नयाशक्ती : तुल ब शाही :३८२
ससफो: काली ब. बिक : १६६
जन समाजबादी: रण ब रम्तेल :४०९
एराप्रपा रा: देबकी शाही : ८५
वदर:११४२