• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सदरमुकाम पुग्ने सल्यानका मतपेटीका बर्दिया र सुर्खेत पुगे ? कारण यस्ताे छ 


 

मंसिर २२, सल्यान ।

सल्यानमा  ४ वटा मतदान केन्द्रका मतपेटिका अझै आइपुगेका छैनन ।

छिमेकी जिल्ला बर्दिया र सुर्खेत हुदै घुम्दै आउनु परेका कारण  जिल्लाको दुर्गम मानिने कालिमाटी गाउपालिका अन्तरगत काप्रेचारका विभिन्न ४ स्थानका मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको हो । बाँके बर्दिया र सुर्खेतसंग सिमाना जोडिएका उक्त ठाउँका मतपटिका बर्दिया बाट सुर्खेत हुदै सल्यानकाे सल्लीबजार नजिकै रहेकाे बालुवा संग‍ही बाट सिधै सदरमुकाम अाउने भएका छन ।त्यस्तै दिउसो नै आउने जनाइएको भएता पनि कुमाखमालिका र दार्मका २६ वटा मतदान केन्द्रका मतपेटिका साढे ४ मा आइपुगेका थिए तर काप्रेचारका ४ स्थानका मतपेटिका ३ जिल्ला पार गरेर सल्लिबजार हुदै आउने भएका छन । सबै स्थानका मतपत्र आइपुगेपछि मात्रै मतगणना गरिने मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दा सम्म १ सय ७६ मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम आइपुगका छन् ।सदमुकाममा संकलन भएका मतपेटिकाहरु कडा सुरक्षाका विच जिल्ला प्राविधिक कार्यालय सल्यानमा राखिएको छ । मत गणना स्थलमा सिसी क्यामरा तथा तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिए ।

तस्विर : टेकराज शाही 

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार