मंसिर २२, बझाङ ।
बझाङमा प्रतिनिधिसभा र प्रदेश सभाको दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले जितेका छन् । प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार भैरवबहादुर सिंहले आधा भन्दा बढी मत ल्याएर जिते भने प्रदेश सभा क बाट एमाले उम्मेदवार अर्जुनबहादुर थापाले १३ हजार ५११ मत ल्याएर जिते । प्रदेश ख का वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ देवकी मल्ल थापाले १७ हजार ७४३ मत ल्याएर विजयी भए ।
तर आफूलाई जीतको दाबेदार ठान्ने कतिपय उम्मेदवार ५ सय मत समेत ल्याउन सकेनन् ।
हेरौं, पाँच सय मत पनि नल्याउने उम्मेदवारहरु ।
प्रतिनिधिसभा तर्फ :
विबेकशिल साझा पार्टी, मिन बहादुर सिंह ३५५
देश भक्त जनगणतान्त्रिक मोर्चा, धरणीधरनाथ ३ सय ९
नयाँशक्ति पार्टी जोगि बहादुर कँुवर ४ सय ४३
राष्टिय जनमोर्चा पार्टी, कल्पना भण्डारी ५१
प्रदेश सभा क तर्फ :
संघीय समाजबादी फोरम राम बहादुर जाग्री २७३
नयाँ शक्ति पार्टी डम्बर बहादुर रावल १४७
देशभक्त जनगणतान्त्रिक मोर्चा असोक बहादुर ओली ३३२
विबेकशील साझा पार्टी महोन सिंह ३६२
प्रदेश सभा ख तर्फ :
नयाँ शक्तिका कलक रोकायाले ३ सय ६७
विबेक सिल साझा पार्टीका रविन्द्र बहादुर बमले ४ सय ५ मत
बझाङमा १ लाख ४ हजार २ सय ७५ मतदाता मध्ये ६६ हजार ९५९ मत खसेको थियो । यी मध्ये ३ हजार ५ सय मत बदर भएका थिए ।
डीबी विष्ट/उज्यालो