• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

बागलुङमा वाम गठबन्धनका उम्मेदवार ठुलो मतले अगाडि


मंसिर २२, काठमाण्डाैँ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको बागलुङमा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएका छन् ।

झण्डै ७० प्रतिशत मत गणना सकिन लाग्दा सबै उमेदवारले जितको सुनिश्चित गर्न थालेका छन् । उनीहरुले कांग्रेसका उमेदवारलाई ठूलो मत अन्तर पारेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमालेका सूर्य पाठक ठूलो मतअन्तरमा अगाडि छन् । उनले झण्डै १० हजार मत अन्तरमा निर्वाचन जित्ने दावी समेत गरे । क्षेत्र नं. २ मा माओवादीका देवेन्द्र पौडेल पनि धेरै मत अन्तरले अगाडि छन् । उनले कांग्रेसका नरबहादुर पुन (निरज)लाई पछाडि पारेका हुन् ।

वाम गठबन्धनमा एमाले र माओवादी सहित राष्ट्रिय जनमोर्चा पनि सहभागी छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला बागलुङमा निर्णायक मतमा छ । प्रतिनिधि सभामा भने राजमोले उमेदवार उठाएको थिएन । २ संघ र ४ प्रदेशमा तीन वटा दलले दुई दुई क्षेत्र बाँडेका थिए । ठूलो मतान्तर बढेपछि बाम गठबन्धनका कार्यकर्ताले नाराबाजी गर्दै हर्सोल्लास मनाईरहेका छन् ।

मंसिर १० गते सम्पन्न निर्वाचनमा बागलुङको क्षेत्र नं. १ मा ५६ हजार ६ सय ७ र क्षेत्र नं. २ मा ५३ हजार ७ सय ५६ मत खसेको थियो । जिल्लामा १ लाख ६७ हजार २ सय ८२ मतदाता थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार