• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने नेकपाकाे उद्घाेष, यस्ताे अायाे महासचिव विप्लवको विज्ञप्ती


 मंसिर २२, काठमाडाैं  ।

चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएकाे हाे ।

नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै साे उद्घाेष गरेका हुन् । विज्ञप्तीमा भनिएकाे छ, “दलाल पुँजीवादी, संसदवादी, आत्मसमर्पणवादी तत्वहरुले हामीलाई जति नै दमन गर्न खोजुन् । हाम्रो विरुद्ध भ्रमको खेती गरुन् र समाप्त गर्न खोजुन् अन्तिम विनास क्रान्तिकारी शक्तिको होइन प्रतिक्रियावादी शिविर कै हुनेछ । अन्त्यमा प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज अभियानलाई एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढाउन विशेष आग्रह गर्दछौं ।”

यस्ताे छ विज्ञप्ती । 

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार