• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

जाजरकोट प्रदेश सभा (ख) मा बामगठबन्धनका शाही विजयी


मंसिर २२, जाजरकोट ।
जाजरकोटमा प्रदेश सभा (ख) मा बामगठबन्धनका साँझा उम्मेदवार करवीर शाही विजयी भएका छन् ।

उनि नेकपा एमाले जाजरकोटका अध्यक्ष पनि हुन् । बिहिवार देखि सुरु गरिएको मत गनणाको अन्तिम मत नतिजा अनुसार शाहीले १५ हजार १ सय ८५ मत प्राप्त गरेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस जाजरकोटका सभापति दीपक जंग शाहलाई ४ हजार ८ सय २५ मतले हराउदै करवीर शाही विजयी भएका हुन् । दीपक जंगले १० हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।

२८ हजार २ सय ९१ जनाले मतदान गरेको जाजरकोट प्रदेश सभा (ख) मा अन्य उम्मेद्वारहरुमा नेपाल कम्युनिष्ट पार्टी मालेका जनक बहादुर चलाउनेले ५ सय ३७, नयाँ शक्ति पार्टी नेपालका महेन्द्र प्रशाद शर्माले १ सय १८,

त्यस्तै प्रदेश सभा (क) र प्रतिनीधि सभाको मतगनणा जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, जाजरकोटले जनाएको छ । तिर्थराज बोहराको सहयोगमा

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार