• २०७७ माघ ६ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराउदै लालबाबु विजयी


मंसिर २३, माेरङ ।

नेपाली कांग्रेसकै लागि ऐतिहासिक क्षेत्र मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ ।

कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई मोरङ क्षेत्र नं. ६ मा एमाले नेता लालबाबु पण्डितले पराजित गरेका छन् । लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् ।

लालबाबुले ३३ हजार ९४१ ल्याएका छन् भने  शेखरले ३३ हजार २६६ मत पाएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार