• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

परिणाम नअाउदै विजयी सभाका लागि वर्षमान पुन रोल्पामा पुगे


मनिषा राई / मंसिर २३ रोल्पा ।

संयुक्त वाम गठबन्धनका उमेद्वार एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनमगर विजयी ¥यालीका लागि रोल्पा आई पुगेका छन्। मन गणना निरन्तर रुपमा हुँदै गर्दा काठमाण्डौँबाट उनि हिजो साँझ ८ः३० बजे रोल्पाको लिबाङ आई पुगेका हुन्  ।

पहिलो चरणको निर्वाचन सम्पन्नपछि आफ्नो मत सुरक्षित गरी दोस्रो चरणमा नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महरालाई विजयी बनाउनको लागि दाङ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी बनाउनको लागि चितवनदेखि विभिन्न स्थानमा पुगेका नेता पुनमगर आफ्नो मत गणना स्थलमामा पुगेका छन् । उनिसँग निवर्तमान सभामुख एवं प्रतिनिधि सभा समानुपातिक उमेद्वार ओनसरी घर्तीमगर पनि रोल्पा आएकी छन् । उनले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी ¥याली मनाएर मात्रै फर्किने बताइन ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार