• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा बाम गठबन्धनले छाेडेन् दुर्इ गुणा स्थान, पछिल्लाे मत परिणाम यस्ताे छ ।


लेकाली अनलाइन
मंसिर २३, सल्यान ।

सल्यानमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ काे मतपरिणाम अहिल्सम्म बाम गठबन्धनले अाफ्नाे अग्रपन्ति स्थान छाेडेकाे छैन् ।

अहिले सम्मकाे मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा माअाेवादी केन्द्रका टेक बहादुर बस्नेतले १३७०४ ल्याएका छन् भने उनका पछाडी रहेका नेपाली काँग्रेसका राजेन्द्र बहादुर शाहले ७८९२ ल्याएका छन् । त्यस्तै स्वतन्त्र उमाकान्त शर्माले ७८९ मत ल्याएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचान क्षेत्र न (क) मा एमालेका गुलाब जंग शाहले ७०२०. माअाेवादीबाट स्वतन्त्र उम्मेद्वार दिएका भीम प्रकाश शर्माले ३३६२ र नेपाली काँग्रेस एकराज डाँगीले ३६४१ ल्याएका छन् । प्रदेश सभा सदस्य निर्वाचान क्षेत्र न (ख) मा एमालेका प्रकाश ज्वालाले ७१०६, नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ४४२६, राप्रपाका राजेन्द्र विर रायले १९७६ ल्याएका छन् ।

सल्यानमा जम्मा मतददाता १,३४,१३४ मध्ये ८३,८३२ मत खसेको थियाे । ६२ दशमलब ४६ प्रतिशत खसेकाे मतमा पुरुषकाे संख्या ३६३४७ र महिलाकाे संख्या ४७४८५ रहेकाे थियाे । प्रदेश सभा क मा ४२४१४ ( ६३.३४%) र प्रदेश सभा ख मा ४१४१८ (६१.२७) मत खसेको थियाे ।

याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला 

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार