समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो ।


मंसिर २३, काठमाण्डोँ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ ।

सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

यो समाचार तयार पार्दासम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा १५ हजार ५२ मत प्राप्त गरेको छ भने एमालेले १५ हजार ५०मत प्राप्त गरेको छ । माओवादीले ४ हजार ३ सय ४१ मत गरेको छ । यस्तै राष्ट्रिय जनता पार्टीले ६ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय ५१ मत प्राप्त गरेको छ । यस्तै नयाँ शक्ति पार्टीले १ सय १२, नेपाली जनता दलले ७३, विवेकशिल साँझा पार्टीले ५०, संघिय समाजबादी फोरमले २९, र अन्यले १ सय ७८ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार