• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

काँग्रेसलाई जरैबाट पुर्नसंरचना गर्नुपर्छ : गगन थापा


मंसिर २३, काठमाडौँ ।
काठमाडौ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगन कुमार थापाले काँग्रेसलाई जरैबाट पुर्नसंचना गर्ने अठोट गर्न आह्वान गरेका छन् ।

काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह काँग्रेसको जीवनमा धेरै आईरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन् । आफु निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको बडा समितिले आयोजना गरेको विजयसभामा काँग्रेस नेता थापाले आफ्ना मतादाताहरुलाई धन्यबाद दिदै अबको कार्यकाल समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाए ।

शिक्षा र स्वास्थ्यमा सवैको समान पहुँच, विदेशीएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौ बनाउने आफ्नो अठोट स्मरण गराए । देशभरीका उम्मेदबारहरु मध्ये सवै भन्दाबढी आफु विरुद्ध प्रपोगाण्डा भएको भन्दै उनले आफ्ना मतदातालाई प्रपोगाण्डाले असर गर्दैन भन्ने पुष्टी भएको बताएो । आफुसँगै प्रतिस्पर्धा गरेका एमालेका राजन भट्टराई र विवेकशिल साझाकी सुवुना बस्नेतलाई उनले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरेका छन् । केहीदिन अगाडी आफुप्रति लक्षित गर्दै बम हमला हुँदा घाइते भएकाहरुको स्मरण गर्दै उहाँले उनीहरुको घाउमा नुनचुक छर्केजसरी एमाले अध्यक्ष केपी ओलीले तल्लोस्तरको टिप्पणी गरेकोमा खेद व्यक्त गरे ।

काठमाडौ चारमा तेस्रो पटक सानदार विजयी भएको उल्लेख गर्दै उनले अझ १५ बर्ष सक्रिय राजनीति मार्फत् नेपाली जनता र मातृभूमीको सेवामा समर्पित हुने बताए । प्रदेश तर्फका उम्मेदबारहरुको नतिजा आएपछि मात्रै विजय र्याली सहित मतदाताको घर दैलोमा धन्यबादका लागि जाने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार