मंसिर २३, काठमाडौँ ।
सर्वाधिक चासोका साथ हेरिएको चितवन–३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतान्तर ह्वात्तै बढाएर मत परिणाम उल्टाएका छन् । ९ बजे प्राप्त परिणामअनुसार प्रचण्ड राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेभन्दा ५ हजार बढी मतान्तरले अगाडि छन् ।
यो समाचार बनाउँदासम्म प्रचण्डले १० हजार ४१८ मत पाएका छन् भने पाण्डेले ५ हजार ३६७ मत पाएका छन् । यसअनुसार प्रचण्डको ५ हजार ५१ मतले अगाडि छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले चितवनको मतगणना एकसाथ पाँच स्थानबाट गरिँदैछ । यस क्षेत्रमा प्रचण्ड सुरुआती चरणमा पछि परे पनि उनले पछि लिड गरेका थिए ।