मंसिर २३, लमजुङ
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ भारी मतले विजयी भएका छन् ।
नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई ८ हजार ४०१ को फराकिलो मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत प्राप्त गरे ।
यहाँ १ लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० मत खसेको थियो ।