२४ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।
देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।