• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

इलाम १ बाट भारी मतले विजयी भएसँगै पूर्वप्रधामन्त्री झलनाथ खनाल पाँचौं पटक संसदमा


२४ मंसिर, काठमाण्डाैँ ।

नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन् ।

विजयी भएसँगै उनकाे संसदका लागि यो पाँचौं पटककाे जीत हो । खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेललार्इ १७१८० मतले हराउदै खनाल विजयी भएका हुन् । कांग्रेसका कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् । १७१८०

नेता खनाल पूर्वप्रधामन्त्री र नेकपा एमालेका पुर्व अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार