मनिषा राई
मंसिर २४, रोल्पा
पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ । तर आधिकारिक घोषणा हुन बाकि नै छ ।
जसमा प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सदस्यमा २० हजार ७४१ मतान्तरले निर्वाचित भएका छन् । पुनले ४० हजार ६४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् । दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन । जसअनुसार प्रदेश सभा क मा माओवादी केन्द्रका कुलप्रशाद केसिले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गरे । त्यसै गरि प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरि बिजयी गरेका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् ।