• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पनि बामको अग्रता कायमै, यस्ताे छ पछिल्लाे मतपरिणाम


मंसिर २४, सल्यान । 

शुक्रबार राती १० बजेदेखि भएको सल्यानको मतगणना जारी छ ।

अहिले सम्मको मतगणनामा बाम गठबन्धनले अग्रता कायमै राखेको छ । शुरू देखि सबै स्थानमा लिड गरिरहेको गठबन्धनले अग्रता देखाइरहेको छ ।

प्रतिनिधि सभा तर्फ बाम गठबन्धनका टेक बहादुर बस्नेत जो माओवादी केन्द्रको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन उनले २५ हजार २ सय ४५ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी मानिएका नेपाली काग्रेशका राजेन्द्र बहादुर शाह १६ हजार ६ सय ७१ मतका साथ दोस्रो स्थानमा छन ।

प्रदेश सभा तर्फ मा १ (क) मा बाम गठबन्धनका साझा उम्मेद्वार एमालेका गुलाब जंग शाह ले १३ हजार ६ सय १६ मतले ल्याउदा नेपाली काग्रेशका एकराज डाँगी ले ७ हजार २ सय ९३ मत ल्याएका छन । त्यस्तै स्वतन्त्र भनेर चुनावी मैदानमा उत्रेका माओवादी केन्द्रका नेता बागि उम्मेद्वार भीम प्रकाश शर्मा स्वतन्त्र ५ हजार २ सय ६२ ल्याएका छन
त्यस्तै १ (ख) मा बाम गठबन्धनको तर्फबाट एमालेका प्रकाश ज्वालाले १३ हजार ६ सय ४९ मत ल्याएर अग्र स्थानमा हुदा काग्रेशका डिल्लीराज रेग्मीले ७ हजार ९ सय २१ मत प्राप्त गरेका छन त्यस्तै उनको पछाडि राप्रपाका राजेन्द्रविर राय छन । उनको ३ हजार ६ सय २ छ ।

सल्यानमा जम्मा मतददाता १ लाख ३४ हजार १ सय ३४ मध्ये ८३ हजार ८ सय ३२ मत खसेको हो थियो । अहिले सम्म प्रतिनिधि सभाको ४९ हजार ६ सय ६२ मत गनणा भएको छ ।

याे समय देखि पछिकाे अपडेट  यसमा क्लिक गरेर हर्नुहाेला

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार