• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

रोल्पामा माओवादीको ‘क्लिनस्वीप’ ? यस्ताे छ फाेटाे फिचर


शब्द : मनिषा राई, तस्बिर: नवीन लोचनमगर
मंसिर २४ रोल्पा ।

पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सम्पन्न भएको छ ।

दुई प्रदेशसभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा बामगठबन्धनका उम्मेदवारहरु भारि मतान्तरले बिजयी भएका छन् । रोल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका अनन्त प्रत्यासी सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगर भन्दा २० हजार ७ सय ४१ बढी मतले विजयी भएका हुन्हो  । नेता अनन्तले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति अमरसिंहले १९ हजार ९ सय ६ मत ल्याएका छन् । रोल्पा नगरपालिका ७ माडीचौरमा जन्मिएका अनन्त माओवादी केन्द्र कार्यालय सदस्य र पाँच नम्बर प्रदेश इन्चार्ज समेत हुन् । पार्टीमा प्रभावशाली मानिने उनी शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्लाबाट उम्मेदवार बनेका हुन् । 

तस्विरमा : वर्षमान पुन ‘अनन्त’

यसैबिच रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी सोनाम विजयी भएका छन् । शान्तिकालमा लाभको पद नलिएका नेता सोनाम गृह जिल्लाबाट उम्मेदवार बनेका थिए । उम्मेदवार सोनामले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरमा विजयी हात पारेका छन् । केसीले १८ हजार ५ सय १२ मत लिई विजयी भएका हुन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सचिव समेत रहेको महराले १० हजार ४ सय १ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।  निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसले विजयी हुने अपेक्षा गरेपनि ३३ हजार ८ सय ३३ खसेको मतमा धेरै मतान्तर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार निर्वाचन क्षेत्र क मा २ हजार ७ सय ८५ मत वदर भए। ३१ हजार ४८ मत सदर भएको हो ।तस्विरमा : कुलप्रसाद केसी सोनाम

यसैगरी रोल्पाको निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागि वाम गठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दीपेन्द्रकुमार पुनमगर विजयी भएका छन् । माओवादी केन्द्रका रोल्पा र रुकुम जिल्ला इन्चार्ज समेत रहेका पुनमगर २४ हजार ४ सय ९० मतसहित विजयी भएका हुन् । उम्मेदवार पुनमगरले १४ हजार ५ सय २१ मत बढी मत ल्याएर जित हासिल गरेका हुन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता खगेन्द्रप्रकाश हमाल ९ हजार ९ सय ६९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।

राेल्पामा मतगणनाको कार्य सकिए पछि निर्वाचन कार्यलय रोल्पाले बिजय घोषणा गरेपश्चात विजयी उम्मेदवारहरुलाई प्रमाण पत्र समेत दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार