• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानकाे मतगनणा अन्तिम चरणमा पुग्दै, बाम गठबन्धनले जित्ने सम्भावना बढ्याे ? यस्ताे छ रातकाे परिणामा


लेकाली अनलाइन 
मंसिर २४, सल्यान । 

शुक्रबार राती १० बजेदेखि भएको सल्यानको मतगणना अहिले पनि जारी छ । मत गनणा अब अन्तिम चरणमा पुग्दै छ । प्रतिनिधि सभाकाे गन्न अझै  बाँकी रहेपनि प्रदेश सभाकाे थाेरै रहेकाे छ । अहिले सम्मको मतगणनामा बाम गठबन्धनले अग्रता कायमै राखेको छ । शुरू देखि सबै स्थानमा लिड गरिरहेको गठबन्धनले अग्रता देखाइरहेको छ । यस्ताे छ अहिलेकाे मतपरिणाम ।

प्रतिनिधि सभामा ६४५८९ मतगनणा गर्दा बदर ४२१९ अब १९२४९ मत गणना गर्न बाँकी ।

ने.क.पा.( माअाेवादी केन्द्र ) – टेक बहादुर बस्नेत : ३२३६४
नेपाली काँग्रेस – राजेन्द्र बहादुर शाह : २२३६४
स्वतन्त्र  – उमकान्त शर्मा : १९९२

प्रदेश सभा (क) मा ४०७९३ मतगनणा गर्दा बदर ३१३७ अब १६२१ मत गणना गर्न बाँकी ।
एमाले–गुलावजंग शाहः १८९७२
कांग्रेस– एकराज डिसी १०१३६
स्वतन्त्र – भीमप्रकाश शर्मा ७१७८

प्रदेश सभा (ख) मा ३८१४८ मतगनणा गर्दा बदर २४०६ 

एमाले–प्रकाश ज्वाला १८६८०
कांग्रेस– डिल्लीराज रेग्मी १०६७६
राप्रपा–राजेन्द्रविर राई ५२२१

सल्यानमा जम्मा मतददाता १ लाख ३४ हजार १ सय ३४ मध्ये ८३ हजार ८ सय ३२ मत खसेको हो थियो । अहिले सम्म प्रतिनिधि सभाको ६४ हजार ५ सय ८९ मत गनणा भएकाे छ । अन्तिम मत परिणाम अाज राति सम्म अाउने अनुमान गरिएकाे छ ।

याे समय देखि पछिकाे अपडेट यसमा क्लिक गरेर हर्नुहाेला

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार