• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

अहिलेसम्मकै रोचक प्रतिस्पर्धा, पौडेल जम्मा ५ मतले पराजित


मंसिर २४, काठमाण्डाैँ । 

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तनहुँमा अहिलेसम्मकै रोचक प्रतिस्पर्धा देखिएको छ ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँबाट प्रदेशसभा सदस्य पदको निर्वाचनमा जम्मा ५ मतले पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल माओवादी उम्मेदवार आशा कोइरालासँग ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।

कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए। यो अहिलेसम्मकै कम मत अन्तर हो । कोइराला यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् । पौडल नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् । कांग्रेस उम्मेदवार पौडेलले हालसम्मको मतगणना बदर गरि पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार