• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

अर्धसैन्य बलका एक सदस्यद्वारा ४ जना साथीको हत्या


मंसिर २४, काठमाण्डाँै ।
भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका ४ जना सहकर्मीको हत्या गरेका छन् ।

उक्त सैन्य बलको केन्द्रीय शिविरभित्र रहेका सदस्यमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । हिजो बेलुका स्थानीय समयअनुसार ५ बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए । छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सन्चारमाध्यमहरुलाई दिएको जानकारीअनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भइसकेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ वर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार