लेकाली अनलाइन
मंसिर २४, सल्यान ।
सल्यानमा प्रदेश सभा १ (क) मा बाम गठबन्धनबाट उम्मेद्वार दिएका नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य गुलावजंग शाह विजयी भएका छन् ।
उनले १९ हजार ६ सय ५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली काग्रेशका एकराज डाँगीभन्दा ९ हजार ४६ भन्दा बढि मत ल्याएर शाह निर्वाचित भएका हुन् । काँग्रेसका डाँगीले १० हजार ६ सय १२ ल्याएका छन् । त्यस्तै बामको तर्फबाट बागि उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले ७ हजार ४ सय १६ मत ल्याएका छन् । नेकपा मालेका टोप बहादुर रोकाको १ हजार २ सय ७६ र राष्टिय जनमोर्चाका दले बुढाले १ सय ३१ मत प्राप्त गरेका छन ।
सल्यानको प्रदेश १ (क) मा ४२ हजार ३ सय ७८ ले मतदान भएकाे थियाे । जसमा प्रदेश क मा ३९ हजार ९३ सदर र २ हजार ३ सय ८५ बदर भएको छ । सल्यानमा मंसिर २१ गते भएको निर्वाचन पश्चात ढिला गरि भएको मतगणनामा प्रदेशसभा १ (ख) मा र प्रतिनिधि सभामा पनि अहिले मगनणा जारी छ र थाेरै मतगनणा बाँकी भएकाले बामले नी जित्ने संभाबना रहेकाे छ ।