• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

देउवाले तत्काल पार्टीबाट राजीनामा दिनुपर्छ: मन्त्री प्रधान


मंसिर २५, काठमाडौँ ।

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने बताएका छन् ।

आज आयोजना गरेको साक्षात्कारमा नेता प्रधानले प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले नराम्रो हार बेहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्ने बताएका हुन्  । “पार्टीको हारबारे सभापतिज्यूले तत्काल बैठक बोलाएर छलफल गरी राजीनामा दिँदा राम्रो हुन्छ”, प्रधानले भने ।

रक्षामन्त्री समेत रहेका प्रधानले नेतृत्वको बोलीमा परिवर्तन हुन नसक्नु, तराईका दललाई मिलाउन नसक्नु, पार्टीका तर्फबाट कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्न नसक्नुजस्ता कारण पार्टीले पराजय भोग्नुपरेको विचार व्यक्त गर्दै आगामी दिनमा काँग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अर्काे प्रसङ्गमा  प्रधानले तराईमा देखिएका समस्या समाधान गरी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य सफलता भएको जिकिर गरे । काठमाडौँ क्षेत्र नं ६ बाट नवनिर्वाचित सांसदसमेत बनेका प्रधानले संसद्मा काँग्रेस सम्मानजनक प्रतिपक्षमा बस्ने बताए ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार