• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

सर्लाहीमा तनावः झडपमा ३ घाइते, ८ राउण्ड अश्रु ग्यास प्रहार


मंसिर २५, सर्लाही ।

सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ ३ जना घाइते भएका छन् ।

झडप पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको मतपेटिकाको सिलबारे भएको विवाद झडपमा पुगेको हो । मतपेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएपछि विवाद भएको थियो । आइतबार राति साढे १० बजेदेखि त्यहाँ मतगणना समेत भएको छैन ।
चुनावको दिन ४५ प्रतिशत मतदान भएको तर, गणना गर्ने समयमा ९६ प्रतिशत मतदान भएको देखिएको राजपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राकेश मिश्रले बताए ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार