• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

२५ दिन पछि पत्रकार खेम थपलिया रिहा


२५ मंसिर, काठमाण्डाेँ ।

पत्रकार खेम थपलिया रिहा भएका छन् । थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले पाँच हजार रुपैयाँ धरौटीमा सोमबार रिहा गरेको हो ।

प्रहरीले पत्रकार थपलीयालाई मंसिर १ गते काठमाण्डौंका बागबजारबाट पक्राउ गरेको थियो । थपलियाको गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघकाे तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणकाे रिट दायर गरेका थिए । सर्वोच्चले कारण देखाउ अादेश गरेकाे ६ दिनपछि थपलिया रिहा भएका हुन् ।
प्रगतिशील लेखक संघको कार्यक्रममा सहभागि भएर फर्कदै गर्दा बागबजारबाट थपलियालाई गिरफ्तार गरेको थियो । थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामान्य धरौटीमा रिह गरेको हो । थपलियालाई स्वागत गर्दै जैसीले बिना कारण गिरफ्तार गरी २५ दिनकाे हिराशतमा राखिनु राज्यकाे नालायकीपन भएको बताए ।

उनले बाँकी पत्रकारको पनि तत्‍काल रिहा गर्न माग गरेका छन् । सरकारले प्रेसप्रतिको अनुदार रवैया जारी राखे महासंघ अान्दाेलनमा उत्रन बाध्य हुने जैसीले चेतावनी समेत दिए । रिहाई भएपछि छोटो प्रतिक्रिया दिँदै पत्रकार थपलिया अाफ्नो रिहाईको लागि पहल गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार