• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे प्रतिराेधमा उत्रिने (नेकपा) प्यूठानकाे चेतावनी


मंसिर २५, प्यूठान ।

निर्वाचनमा सुरक्षा कारण देखाउदै पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताहरु अझै रिहाई नभएकोमा नेकपा प्यूठानले अापत्ति जनाएको छ ।

बिभिन्न चरणमा गरी फक्राउ परेका नेकपा प्यूठानका कार्यकर्तालाई हिजो सम्ममा रिहाई गर्ने भन्दै हिरासतमा राखिएको भएपनि अझै रिहाई नगरिएको र म्याद थप गरी थुन्ने प्रयास भएको भन्दै नेकपा प्यूठानका जिल्ला ईन्चार्ज चिन्तामणि घिमिरे(बिष्फोट)ले आफ्ना कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।  राज्य पक्षले लगातार दमन गर्न खोजेको भन्दै उनले तत्काल आफ्ना कार्यकर्ताहरु रिहाई नभए प्रतिरोध गर्ने समेत बताए ।

पक्राउ परेका कार्यकर्तामध्ये ६ जनालाई हिजो रिहाई गरिएपनि थप ७ जनालाई अझै हिरासतमा राखिएको छ । प्रहरीले माथिको आदेश भन्दै नेकपाका कार्यकर्तालाई छोडेको छैन । उत्ता नेकपा प्यूठानले जिल्ला प्रशासन कार्यालय अगाडी सोमवार बिरोध सभा तथा प्रर्दशन गरेको छ । बिना कारण पक्राउ परेका नेकपाका कार्यक्रताहरुलाई हाल सम्म चुनावी सुरक्षाको कारण देखाउदै हिरासतमा राखिएको भएपनि चुनावको नतिजा आइसक्दा समेत नछोडेकोमा बिरोध सभा गरिएको नेकपाका जिल्ला सदस्य पदमप्रसाद पोख्रेलले जानकारी दिए ।

नेकपाका साँत जना नेताकार्यकर्ताहरु अझै प्रहरीको हिरासतमा रहेका छन । बिरोध सभा मार्फत नेकपाले तत्काल आफ्ना नेता कार्यकर्ताको रिहाई नभए प्रतिकार गर्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : २०७४ मङ्सिर २५ गते सोमवार