• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी


मंसिर २६,  काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७५, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं. २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । अन्यमा अहिले मतगणना भइरहेको छ ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २६ गते मङ्गलवार