मनिषा राई
मंसिर २६, रोल्पा ।
रोल्पामा मंगलबार अत्याधिक मात्रामा बढेको चिसोले गर्दा अर्धवार्षिक परीक्षा दिँदै गरेका रोल्पा नगरपालिका लगायतका विद्यार्थीलाई समस्या भएको छ ।
मंसिर २१ गतेदेखि रोल्पा नगरपालिका २ रोल्पामा अवस्थित बालकल्यान नमुना माविमा एकदेखि १० कक्षासम्मको परीक्षा भइरहेको अवस्थामा आज रोल्पामा चिसो बढेपछि विद्यार्थीहरुलाई निकै कठिन भएको बिधालयका शिक्षक तुल्सीप्रसाद श्रेष्ठले जानकारी दिए ।
चिसोका कारण विद्यार्थीहरुलाई लेख्न र बस्न समस्या भएको उनले बताए । यसले विद्यार्थी मात्र नभई सबैलाई अप्ठ्यारो बनाएको उनले बताए । चिसो बढे पनि कार्यतालिकाअनुसार जानै पर्ने बाध्यताले परीक्षा नरोकेको परीक्षा सञ्चालन समितिका संयोजक तथा बिधालयका प्रअ मधुशुधन पोख्रेलले जानकारी दिए ।
चिसोको बीचमै बालकल्यान नमुना माविमा १४ सय विद्यार्थीले परीक्षा दिएको प्रअ पोख्रेलले बताए। उनका अनुसार यहि मंसिर २९ गते परिक्षा सकिन्छ ।