• २०७८ साउन १८ गते सोमवार
  • Preeti To Unicode

जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स जिर्ण बन्दा विरामीलाई सास्ती


डिल्लीराज रावत
मंसिर २६, सल्यान ।
सल्याकाे सबैभन्दा ठुलो अस्पताल जिल्ला अस्पताल सल्यानमा रहेको एम्बुलेन्स जिर्ण भएकाले विरामीलाई सास्ती भएको छ ।

आजभन्दा १२ बर्ष अघि खरिद गरिएर संचालनमा ल्याइएको एम्बुलेन्स जिर्ण बन्दा विरामीलाई सास्ती हुने गरेको छ ।
१५ शैया रहेको अस्पतालमा विरामीको चाप दिनदिनै बढेपनि जिल्ला अस्पतालमा भएको एम्बुलेन्सको भर पर्दा विरामीहरु मारमा पर्ने गरेका छन । जिल्ला अस्पतालको एम्बुलेन्स नहुदा विरामीहरु कतै रिफर गर्नुपर्दा एम्बुलेन्स नहुदा विरामीलाइ समस्या हुने गरेको अस्पतालका डाक्टर प्रदिप शर्मा बताउछन । उनी भन्छन “जिल्लामा रहेको सबैभन्दा ठुलो अस्पतालमा एम्बुलेन्स नहुदा विरामी तथा तिनका आफन्तमा समस्या मात्रै हैन विरामीको ज्यानै खतरामा पर्ने भएकाले यसतर्फ सबैले ध्यान दिनपर्छ ।”

१५ शैयाको अस्पतालले सल्यानमा ५० विरामीलाई उपचार गरिरहेको छ यसबाट विरामीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको भने काम गर्ने कर्मचारीहरुलाई पनि समस्या देखा परेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २६ गते मङ्गलवार