डिल्लीराज रावत
मंसिर २६, सल्यान ।
सल्यानमा चुनाव खारेजको अभियानमा पक्राउ परेका नेकपाका कार्यकर्ता छुटेका छन ।
पार्टीले नै चुनाव खारेजी गर्ने जनाएको भन्दै देशभरी जस्तै सल्यानका कार्यकर्तालाई पनि पक्राउ परेका थिए । चुनाव विरोधी गतिविधि हुनलाइ रोक्न जिल्लाका विभिन्न ठाउँबाट बाट ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । चुनाव सम्पन्न भैसकेपछि उनिहरुलाई साधारण धरौटीमा छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले जनही १ हजार रुपैया धरौटी लिएर छाडेको हो ।
धरौटीपछि रिहा भएका नेकपाका कार्यकर्ताले आफुहरुलाई सरकारले अनाहकमा छोपेरे दुःख दिएको बताएका छन । उता प्रशासनले भने देशैभरीका कार्यकर्ता छोप्ने सरकारको आदेश अनुसार जिल्लाका ७ जनालाई पक्राउ गरिएको थियो । आज उनिहरु सबैलाइ छाडिएको छ ।