• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

सल्यानमा रेडियो बजेको १० बर्ष पुरा भयाे


मंसिर २६, सल्यान । 

सल्यानमा रेडियो बजेको १० बर्ष पुरा भएको छ ।

देशमा गणतन्त्र आएपछि देशैभरी सामुदायिक रेडियो बन्ने क्रममा १० बर्ष अगाडि रेडियो राप्तीले आफ्नो प्रशारण शुरु गरेको थियो । सल्यान खलंगाबाट १०४ थोप्लो ८ मेगाहर्जमा शुरु भएको रेडियो राप्ती गाउबस्तिको समष्टगत आवाज भनेर दैनिक १५ घण्टा प्रशारणमा हुदै आइरहेको छ ।  सल्यानको पहिलो सामुदायिक रेडियो रहेको राप्ती एफएम सल्यान रोल्पा, रुकुम, दाग र जाजरकोट लगायतका जिल्लामा सुनिन्छ । रेडियोले बार्षिकोत्सवका अवसरमा जिल्ला अस्पतालालाई खानेपानी र फोहर राख्ने भाँडाहरु वितरण गरेको छ ।

रेडियोका म्यानेजर रमेश गौतमले डाक्टर प्रदिप शर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन । सामाग्री बुझेपछि डाक्टर शर्माले पत्रकारले सधै सहयोग गर्नुपर्ने भन्दै आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २६ गते मङ्गलवार