मंसिर २७, काठमाणडाैँ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्।
त्यसैले राष्ट्रिय पार्टीका रुपमा उनीहरुले मात्रै समानुपातिकको १ सय १० सिटको वितरणमा सहभागि हुन पाउने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक वढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ। अहिलेसम्म उसले दुई दशमलव ४८ प्रतिशत मत पाएको छ।
यो मत ३ प्रतिशत पु¥याउएमा उसले पनि कम्तिमा चार सिट पाउने छ। र, ती चार सिट एमाले, कांग्रेस, माओवादी र फोरमको खाताबाट घट्टे छ।