मंसिर २७ , धनगढी ।
नेपाल कम्युनिस्ट पार्टीले विना कारण गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ता तत्काल रिहा नगरे कडा आन्दोनलनको घोषणा गर्न बाध्य हुने बताएको छ ।
नेकपा सेती ब्यूरो इन्चार्ज सिकन्दरले बुधबार एक विज्ञप्ति जारी गरी पार्टीको संगठन सुदृढिकरण तथा जनप्रतिरोध अभियानको दौरानामा विना कारण आफ्ना नेता–कार्यकर्तालाई गरिफ्तार गरिएका भन्दै रिहाईको माग गरेका छन् । कैलाली जिल्लामा ध्रुब संज्याल, बजिरसिंह बिक, शिवराज पौडेल, जितु मगर, राम कुँवर, लोकमान भण्डारी, लक्ष्मण सेटटी र महेश पातलीलाई अझै रिहा नगरेको भन्दै इन्चार्ज सिकन्दरले आपत्ति जनाएका छन् ।
त्यसैगरी पार्टीको अछामबाट सज्जन धामी, ददिराम बुढा, पूर्ण भण्डारी, नृप शाही, कविन्द्र शाही र मान चलाउनेलाई विना सर्त तत्काल रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ । “गिरफ्तार सम्पूर्ण कमरेडहरुलाई विना सर्त अविलम्ब रिहाईको गर्न राज्यसँग जोडदार माग गरिन्छ । यदि यो वा त्यो वहानामा यथासिघ्र रिहा नगरे कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति ।