• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

बारामा फोरम र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीले गोली चलायो ।


मंसिर २७, बारा ।

क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका २ बेल्दारीमा संघीय समाजबादी फोरमले विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।

त्यसक्रममा ३० राउन्ड आश्रु ग्यास पनि हानिएको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दिउँसो साढे ३ बजे बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा संघीय समाजबादी फोरम नेपालका रामसहाय प्रसाद यादवले जितेपछि कार्यकर्ताले निकालेको विजय जुलुसमा स्थानीयले अवरोध गरेपछि कांग्रेस कार्यकर्तासँग झडप भएको थियो ।

झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले अश्रु ग्यासका साथै हवाई फायर गरेको प्रहरी उपरिक्षक वैदवारले जानकारी दिए । झडपमा केही प्रहरी घाइते भएको बताइएको छ । थप विवरण आउन बाँकी रहेको छ । घाइते हुनेमा एक प्रहरी नायव निरीक्षक समेत रहेका छन् ।

घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको प्रहरी उपरीक्षक बैधवारले बताए ।

-जनता समाचार बाट

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार