• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक


दुर्गा वि.सी, लेकाली अनलाइन
मंसिर २७, सल्यान ।

जाजरकोट बाट हिडेको एउटा यात्रुबहाक बसले सुर्खेत र सल्यानमा गरि एकै दिनमा तिन ठाउँमा घटना घटाएको छ ।

घटना यसरी सुरु भयो – “जाजरकोटबाट सल्यान हुदै नेपालगञ्ज जाँदै गरेको यात्रुबहाक बसका चालकले मदिरा सेवन गरेर गाडी चलाउदा आज तिनओटा ठाउँमा मानिस र गाडिलाई ठक्कर दिएका छन् । जाजरकोटबाट हिडेको काँक्रेविहार यातायातको ना ५ ख २५५२ नं. को बसका चालकले मदिरा सेवन गर्दा सिम्ताको गोजिमा रोकिरहेको गाडीलाई ठक्कर दियो । ठक्करबाट रोकिरहेको ना ६ ख ४२१७ नम्बरको बसलाई क्षेति पुग्यो तर प्रहरीले वास्ता गरेन । चालकले मदिराकै झोकमा गाडी अलि पर्याएर अर्को रोकिरहेको मोटरसाइकलमा ठक्कर दिए । सल्लीमा विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भिम वहादुर वुढा मोटरसाइकल रोकेर बिजुलीको पोलमा गएर काम गरिरहेको समयमा उक्त गाडीले उनकै भे ५ प ६७३० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएर क्षति बनायो । त्यस्तैे सिम्ताका एक स्थानीयलाई ठक्क दियो । सडक किनारमा हिडिरहेकोलाई ठक्कर दिदाँ सिम्ता गाँपालीका राकमका ८३ वर्षिया डोकल वहादुर सिंह घाईते भए ।”

मदिरा सेवन गरेका चालकको हातमा गाडी सल्लीबजारमा प्रबेश गर्याे । सल्लीबजारमा पनि जथाभावी स्थानीयलाई गाडीले हान्न लागेपछि स्थानीयले गाडीलाई नियन्त्रनमा लिएर प्रहरीको जिम्मा लगाए । यसरी मदिरा सेवन गरी गाडी चलाउदा दुई ओटा जिल्ला पार गरेर तेस्रो जिल्लमा प्रबेश गर्दा सम्म प्रहरीले कुनै चासो नदिएको सोहि गाडीका यात्रुहरुले बताएका छन् । सिम्ता गाउँपालीकाको राकममा रहेको इलाका प्रहरी कार्यलय र सल्लीवजारमा रहेको इलाका प्रहरी कार्यलयको फितलो चेकजाँचका कारण दिउँसै चालक मदिरा सवेन गर्दा समेत प्रहरी मुकदर्शक वनेको स्थानीयहरुले आरोप लगाएका छन् ।

मदिरा सेवनमा लठिएका चालकले सल्लीबजारमा आएर व्यवस्त वजारमा हिडिरेका अरु स्थानीयलाई पनि ठोक्काउन खाजेपछि उनिहरुले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सल्लीको प्रहरी टोलीले नियन्त्रणमा लगेको हो । उक्त सडकमा स्थापना भएका प्रहरी पोष्टहरुको चरम लापरवाहिले यो सडकमा दुर्घटनाको संख्यामा वृद्धि भएको स्थानीयको आरोप छ । राम्रोसँग चेकजाँच नहुदाँ र क्षमता भन्दा वढि यात्रु राख्दा समेत प्रहरी मुकदर्शक वन्ने गरेको छ ।

चालकहरुले लापरवाहि गर्दा कार्वहीको सट्टा उल्टै त्यहाँको ट्राफिकहरु पैसामा विक्ने गरेको समेत त्यस आसपासका स्थानीयहरुले आरोप लगाउने गर्दछन् । चालकले बदमासि गरे तत्तकाल स्र्पोटमै कारवाहि गर्नु पर्ने हो तर त्यहाँ कार्यरत ट्राफिकहरु लाईसिन्स, विलबुक जवफत गरि पुन अर्को दिन वोलाउँछन् । गाडि चालक र व्यवसायीले भने अनुसारको पैसा दिए पछि उक्त कागजात फिर्ता गर्ने समेतका काम ट्राफिकले गरेको एक स्थानीयले वताएका छन् । लाईसिन्स नभएका चालक, नयाँ सवारी र कागजात अपुग भएका व्यक्तीहरुसँग सल्लीमा कार्यरत ट्राफिकले यस्तो हर्कत गर्ने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार