मंसिर २८, काठमाण्डौँ ।
निर्वाचनमा भोगेको पराजयसँगै नेपाली कांग्रेस भित्र नेतृत्वमाथि टिका टिप्पणी शुरु भएको कतिपय युवा नेताहरुले कांगे्रसको पराजयको जिम्मेवारी शिर्ष नेताहरुले लिनुपर्ने बताएका छन् ।
तर शिर्ष तहका नेताहरुले पराजयकै कारण नेतृत्वको आलोचनागर्नु उपर्युक्त नभएको बताएका छन् । पत्रकार सँग कुरा गर्दै कांग्रेस नेताआनन्द प्रसाद ढुंगानाले हार जित स्वभाविक भएकाले नेतृत्व परिवर्तनको कुरा उठाउनु सान्दर्भिक नभएको बताए । कांग्रेस भित्र केहि कमिकमजोरी रहेपनि, छलफल गरि व्यवस्थापन गरेर जान सकिने उनले बताए । तर कांग्रेस नेता धनराज गुरुङले शिर्ष नेताहरुले आफ्नो कार्यशैलीबारे समिक्षा गर्दै दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने सहि समयको आएको बताए ।
सरकारको नेतृत्व गरिरहेको दलको यति ठुलो पराजय स्वभाविक नभएकाले नेतृत्वमाथि प्रश्न उठ्ने उनले बताए । उनले कांग्रेसको अब युवा नेताको काँधमा आउनु पर्ने समेत बताए ।