• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

बर्तमान सरकारले प्रदेश प्रमूख तोक्न सक्दैनः नेता खनाल


मंसिर २८, काठमाण्डौँ ।
बर्तमान सरकारलाई प्रदेश प्रमूख तोक्ने अधिकार नभएको नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

नेता खनालले नयाँ जनादेश बाट काम चलाउ बनिसकेको सरकारले महत्वपूर्ण निर्णय गर्न नसक्ने बताए । उनले प्रदेश प्रमूख तोक्ने विषय अबबन्ने नयाँ सरकारको जिम्मेवारी भएको बताएका छन् । बर्तमान सरकारले प्रदेश प्रमूख तोक्ने विषयमा अहिलेसम्म एमाले सँग छलफल नगरेको समेत उनले बताएका छन् ।

सरकारले एकलौटी रुपमा महत्वपूर्ण निर्णय गरे आफुहरुलाई मान्य नहुने समेत खनालको भनाई छ । यसैबीच उनले नयाँ केन्द्रिय सरकार र प्रदेश सरकार गठन बारे बाम गठबन्धन भित्र छलफल गर्ने तयारी भईरहेको समेत बताए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार